कोरोनाको खोपका लागि प्रधानमन्त्रीलाई समयको छुट छैनः योगेश भट्टराई

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

नेपालगन्जः नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताउनुभएको छ । उहाँले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप खोप खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गर्नुभयो ।

संसद बैठकमा बोल्दै भट्टराईले भन्नुभयो–‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो खोप लगाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ । असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’

उहाँले थप्नुभयो–‘प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन ।’

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech