भेरीका डा पाण्डे, थापासहित सात जनालाई वारवरा फाउन्डेसनले सम्मान गर्दै

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

नेपालगन्ज: भेरी अस्पतालका मेसु, प्रमुख कन्सल्टेन्ट फिजिसियनसहित सातजना कर्मचारी वारवरा फाउन्डेसनबाट सम्मानित हुने भएका छ्न ।

अस्पतालका मेसु डा प्रकाश थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, ल्याबका सह- इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसी सम्मानित हुन लाग्नु भएको हो।

चिकित्सा क्षेत्रबाट डा पाण्डे, अस्पताल प्रशासनबाट डा थापा, नर्सिङबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सरसफाइकर्मीबाट डीसी सम्मानित हुन लाग्नु भएको हो ।

कोभिड महामारीमा बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरेबाफत उहाँहरुलाई `वारवरा फाउन्डेसन कोभिड- १९ विशिष्ट´ बाट सम्मानित गर्न लागिएको हो ।

काठमाडौंमा भोलि भब्य समारोहकाबीच उहाँहरुलाई सम्मान गर्न लागिएको छ। सम्मान ग्रहणका लागि उहाँहरु काठमाडौं पुग्नु भएको छ ।

कोभिड महामारीमा भेरी अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको थियो ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech