संक्रमण बढ्न थाल्यो, विज्ञ भन्छन्–‘सजगता अपनाउ’

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७८, बिहीबार

नेपालगन्जः कोरोना संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिले देखि नै तयारी थाल्नुपर्ने विज्ञहरुको सुझाव छ । अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन विज्ञहरुले राय दिएका छन ।

निषेधाज्ञा खुकुलो भएसँगै लापर्बाही भएकाले पनि संक्रमण बढेको भन्दै भेरी अस्पताल नेपालगन्जका कोभिड फोकलपर्सन डा संकेत रिसालले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिनुभयो ।

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा संक्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech