कोभिड–१९ बारे चेतना जगाउन नेपालगन्जमा र्‍याली

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७८, बिहीबार

नेपालगन्जः कोभिड–१९ महामारीबारे सचेतना फैलाउने उद्देश्यले आज नेपालगन्जमा र्‍याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, कशौधन वैश्य समाजलगायतका संघसंस्थाको सहयोग र समन्वयमा सचेतनामुलक ¥याली निकालिएको हो ।

त्रिभुवन चोकबाट सुरु भएको उक्त र्‍याली सदरलाईन, त्रिवेणी मोड, बागेश्वरी टोल, घरवारीटोल हुँदै धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै बाँकेका एसपी श्याकृष्ण अधिकारीले कोभिड–१९ महामारीबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न आव्हान गर्नुभयो । उहाँले तेस्रो लहरको जोखिम समेत बढ्दै गएकाले मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यरुपमा गर्न आग्रह गर्नुभयो ।

यस्तै कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले पहिलो र दोस्रो लहरको कोरोनाले ठूलो मानवीय क्षती गरेको उल्लेख गर्दै अव तेस्रो लहरबाट जोगिन सरकारले जारी गरेका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभयो ।

¥यालीमा सचेतनामूलक माइकिङ गर्नुका साथै पर्चा, पम्प्लेट, मास्क वितरण गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech