नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
अस्पतालले यही श्रावण १२ गते मनाउन लागेको स्थापना दिवसको अवसारमा शनिबार आयोजना गरेको कार्यक्रममा त्यहाँका डाक्टर, नर्स तथा कर्मचारीगरि ३८ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक डा.उर्मिला पराजुलीले जानकारी दिनुभयो ।
रिसालले रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक सुनिल थापा मगरलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा र डा.नबिन चन्द ठकुरीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापा मगर, एलिजा चौधरी, केशर सिंह डाँगीले लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो ।
बि.सं. १९४७ सालमा पृथ्वी वीर अस्पताल डिसपेन्सरीको नाममा अस्पताल स्थापना भएको थियो । पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरि भेरीले आफ्नो पहिलो वार्षिकोत्सब मनाउँदै छ ।
दिवसको पुर्वसन्ध्यामा अस्पतालले आन्तरिक खेलकुद चेस, क्यारेमबोर्ड, ब्याटमिन्टन, फुटसल, क्रीकेट, टेवलटेनिसलगायत प्रतियोगिता सम्पन्न गरिसकेको छ।