ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउँछौं- प्रधानमन्त्री देउवा

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

फोटो: फाइल

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताउनुभयो । हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं- उहाले भन्नुभयो।

उहाँले गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech