काठमाडौं: पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।
संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६७९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।