नेपालगन्जका ५८ वर्षीय पुरुषको कोभिडबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका एकजना पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । ती पुरुषलाई असार २३ गते कोभिड पुष्टि भएको थियो ।

होमआइसोलेसनमा बसिरहेका उनको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि असार ३० गतेमात्रै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा विहान साढे ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech