पर्सि बाँकेका चारपालिकामा भेरोसेल खोप, अहिलेसम्म कतिले लगाए ?

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा ५० हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरेर अहिलेसम्म ५० हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको कोभिसिल्ड र भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुवै डोज लगाउनेको संख्या १८ हजार ८ सय २२ र पहिलो डोज लगाउनेको संख्या ३१ हजार १ सय २४ रहेको छ । कोभिसिल्डको दुवै डोज लगाउनेको संख्या १० हजार १ सय ६७ र एक डोजमात्र लगाउनेको संख्या २० हजार ८ सय ७३ रहेको खोप अधिकृत शर्माले बताउनुभयो ।

यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या १० हजार ८ सय ५१ रहेको छ भने दुवै डोज खोप लगाउनेको संख्या अहिलेसम्म ८ हजार ६ सय ५५ रहेको छ । पछिल्लो पटक पालिकास्तरमा भेरोसेलको खोप लगाउने कार्यक्रम चलिरहेको छ ।

५५ वर्ष देखि माथिका जेष्ठ नागरिक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक, सवारी चालक र सहचालकलगायतलाई खोप दिने कार्यक्रम चलिरहेको हो । पर्सिदेखि नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा खोप लगाउने कार्यक्रम छ ।

यसअघि साउन ३ गतेदेखि ५ गतेसम्म राप्तीसोनारी, बैजनाथ, नरैनापुर र डुडुवा गाउँपालिकामा भेरोसेलको पहिलो डोज खोप लगाइएको थियो ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech