नेपालगन्ज मेडिकल कलेज प्रशासन र कर्मचारीबीच सहमति

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ । मासिक तलव, कोभिड भत्तालगायतका माग राखेर एक हप्तादेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा थिए ।

अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता अनुसार बैशाख महिनाको तलव यही साउन १० गतेभित्र भुक्तानी गर्न अस्पताल प्रशासन सहमत भएको छ ।

यस्तै जेठ महिनाको तलव साउन २० गतेभित्र र असार महिनाको तलव भदौ पहिलो साताभित्र भुक्तानी गर्न अस्पतालले प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन रोकिएको आन्दोलनरत कर्मचारी मुनिर खाँले जानकारी दिनुभयो ।

यस्तै वीमा, खाजा भत्ता, ओभरटाइम, सामाजिक सुरक्षा वाफतको रकम भने साउन मसान्तभित्र टुङ्ग्याउने सहमति भएको अस्पतालका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिनुभयो ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech