बाँकेमा १२१ नमुना परीक्षण गर्दा २ जनामा मात्रै कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप दुईजनामा मात्रै कोभिड संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १२१ नमुना परीक्षण गर्दा दुईजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५६ नमुना परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका दुवै जना बाँकेका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । अव बाँकेमा सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । तीन जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको छ भने ४३ जना होमआइसोलेसनमा बसेका छन् ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech