नेपालगन्जः विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) विश्वमा कोरोना संक्रमण पुनः बढ्न थालेको जनाएको छ। संगठनले पछिल्लो सातामात्र ३४ लाख नयाँ संक्रमित थपिएका जनाएको छ। संगठनले त्यसअघिको साताभन्दा यसपटक १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको जनाएको छ।
संक्रमण दर बढेपनि मृत्यु हुने दरमा भने कमी आएको संगठनले जनाएको छ। पछिल्लो साता करिब ५७ हजारको संक्रमणकै कारण ज्यान गएको डब्लुएचओले जनाएको छ।
डब्लुएचओले गत साता सबैभन्दा बढी संक्रमण इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत र अमेरिकामा पाइएको जानकारी दिएको छ।
जोन हप्किन्स विश्वविद्यालयले तथ्याङ्कअनुसार विश्वभर हालसम्म १९ करोड १९ लाख ६३ हजार ६९२ जना कोरोना संक्रमित भेटिएका छन् भने संक्रमणकै कारण ४१ लाख २६ हजार ५५५ जनाले ज्यान गुमाएका छन्।