काठमाडौं: देशभर गएको २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जनामा र एन्टिजेन विधिबाट ३ हजार ९०१ नमुना परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणबाट निको भएर थप १ हजार ४७५ जना डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म नेपालमा संक्रमण पुष्टि भएका मध्य ६ लाख ३६ हजार ४०२ जना निको भईसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणकै कारण थप ३० जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार ६३७ पुगेको छ ।