धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज बुधवार गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा १२२ नमूनाको परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् ।
जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत रहेको छन् । यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् ।