नेपालगन्ज शिक्षण अस्पताल बिक्री भएको छैन, तर प्रोसेसमा छ

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल बिक्रीको अन्तिम तयारीमा पुगेको छ । तर सम्झौता भने अझै भइसकेको छैन् ।

‘प्रोसेसमा छ तर अझै विक्री भएको छैन् कलेज उच्च स्रोतले भन्यो–‘विक्री भएको भए त नयाँ टिम आईहाल्थ्यो नी ?’ नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक सुनिल शर्माले मेडिकल कलेजको ५१ प्रतिशत शेयर किन्न लागेको बताइएको छ ।

मेडिकल कलेजमा अहिले कनोडिया ग्रुपको बर्चश्व शेयर छ । कानुनी कुराहरु मिलाउन बाँकी नै छ स्रोतले भन्यो–‘५१ प्रतिशत शेयर बिक्री गर्ने मोटामोटी सहमति भने भएको छ ।’

तलव तथा भत्ता नपाएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलन गरिरहेका बेला अर्कोतिर  मेडिकल कलेज बिक्रीको तयारी थालिएपछि उनीहरु आत्तिएका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech