काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौंका विभिन्न खोप केन्द्रको अनुगमन गर्ने हुनुभएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार उहाँले नेपाल अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताल लगायतको निरीक्षण गर्नुहुनेछ ।
अमेरीकाबाट ल्याईएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि विभिन्न स्थानमा अभियानका रुपमा सुरु हुदैछ ।
यो कार्यक्रम सुरु हुने दिननै प्रधानमन्त्री देउवाले खोप केन्द्रहरुको अनुगमन गर्न लाग्नुभएको हो ।