१८०१ जना कोभिड संक्रमित थपिए, १६६७ जना निको भए

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ६२८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२३ जना र ३००० जनाको एन्टिजेन परीक्षण गर्दा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या  ६ लाख ३२ हजार ७४ पुगेको छ ।

संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर २३ जनाले जयान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech