भारतद्धारा नेपाललाई १५० आईसीयू बेड उपहार

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७८, आईतवार

काठमाडौं: भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयू बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंसायोग्य रहेको बताउनुभयो । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत क्वात्राले भारत र नेपालबीचको सदीऔँ पुरानो विशिष्ठ सम्वन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड १९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्ने बताउनुभयो । यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech