काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्ने हुनुभएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार उहाँले नेपाल अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताल लगायतको निरीक्षण गर्नुहुनेछ । अमेरीकाबाट ल्याईएको जोन्सन एन्ड जोन्सनको खोप भोलीदेखी देशका विभिन्न स्थानमा अभियानका रुपमा सुरु हुदैछ ।
यो कार्यक्रम सुरु हुने दिननै प्रधानमन्त्री देउवाले खोप केन्द्रहरुको अनुगमन गर्ने बताईएको छ ।
उहाँले आजै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न निर्देशन समेत दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गर्नुभएको छ।