काठमाण्डौ: काठमाण्डौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो । कार्यालय एक सूचना जारी गर्दै खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जानकारी दिएको छ ।
काठमाडौंका ५० वटा केन्द्रबाट ५५ वर्षमाथिका नागरिक, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातका कर्मचारी, लगायतका लक्षित समूहलाई खोप दिइएको थियो ।
यसअघि गएको २९ गतेदेखि साउन २ अर्थात् भोलिसम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएको थियो ।