‘र्यान्डम स्याम्पलिङ’ रिपोर्ट: खोज्दै गए केस बढ्न सक्छ

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

नेपालगन्ज २१, साउन ।
बाँकेका विभिन्न स्थानमा गरिएको ‘र्यान्डम स्याम्पलिङ’मा ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न ठाउँको प्रतिनिधित्व हुने गरी करिव २० ठाउँबाट तीन हजार तीन सय ३८ जनाको नमुना लिइएकोमा त्यसको परीक्षण ८१ जनामा भाइरस संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ‘र्यान्डम स्याम्पलिङ’मा दुई हजार दुई सय जनाको र उनीहरुको सम्पर्कमा रहेका एक हजार एक सय ३६ जनाको स्याम्पल लिइएको थियो । ‘र्यान्डम स्याम्पलिङ’मा ३४ जना र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

‘र्यान्डम स्याम्पलिङ’बाट संक्रमित पुष्टि भएका भन्दा पनि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुमा भाइरस संक्रमण बढी देखिएकाले समुदायस्तरमा फैलिएको आंशका गर्ने ठाउँ प्रशस्त देखिएको श्रेष्ठले बताउनुभयो । ‘यो बाँकेमा गरिएको पहिलो अभ्यास हो, श्रेष्ठले भन्नुभयो–‘समुदायस्तरमा भाइरसको फैलावट कति छ भनेर थाहा पाउन सहज हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ त्यसो भए भाइरस समुदायस्तरमै फैलिसकेको हो ? उहाँ भन्नुहुन्छ–‘खोज्दै जाने हो भने केसहरु बढ्न सक्छन ।’

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech