कोरोना रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

    • स्वास्थ्य पेज

  • ३१ असार २०७८, बिहीबार

काठमाडौंः मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

साथै देउवा नेतृत्वको सरकारले शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई सरकारको प्राथमिकतामा राखेको थियो ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech