कोरोना अपडेटः ३८१ थपिए, १३० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

काठमाडौं २१, साउन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित डिस्चार्ज भएको बताउनुभयो। यससँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech