काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० र ३ हजार ८९५ एन्टिजेन परीक्षणमा ६८० जना गरी २३७० जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । आजसम्म मृतक संख्या ९ हजार ४०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।