नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४९ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा ९ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा २० नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्यावमा ३७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यसमा बाँकेका २ महिलासहित ४ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । हालसम्म ८५ हजार ७९८ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।