नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७८ नमुना परीक्षण गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ३३ नमुना परीक्षण गर्दा ९ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यावमा १० नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यसमा बाँकेका १ महिलासहित ७ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । हालसम्म ८५ हजार ६४९ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।