अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप सोमबार नेपाल आइपुग्ने, एउटै डोज लगाए पुग्ने

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

काठमाडौं: अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप सोमबार नेपालमा ल्याइँदै छ । करिब १५ लाख डोज खोप नेपाल ल्याइन लागिएको हो । कोभ्याक्स सुविधामार्फत १५ लाख बढी डोज अमेरिकी खोप नेपाल आउन लागेको हो ।

खोप ब्रसेल्सबाट आजै नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ। उक्त खोप एक मात्रा मात्र लगाए पुग्ने बताईएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई कोभ्याक्स मार्फत गरेको सहयोगअन्तर्गत खोप सहयोग हो।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ। उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech