धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै काठमाडौंमा प्रदर्शन, नागरिक अभियन्ता पक्राउ

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

काठमाडौं: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएकोभन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध नागरिक आन्दोलनले आइतबार सिंहदरबार अगाडि प्रदर्शन गरेको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।

बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन्

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech