नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु भएको छ । प्यूठान स्वर्गद्धारी नगरपालिका-३ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि ती पुरुष असार १६ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा १८ गते कोभिड पुष्टि भएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको फोकलपर्सन वलीले बताउनुभयो ।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६८ जनाको मृत्यु भएको छ ।