मनकारी नेपाली, जस्ले ५९ हजार थान पीसीआर कीट पठाए

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

यूएई : संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । यूएईमा कार्यरत नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर कीट खरिद गरी नेपाल पठाएका हुन् ।

नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली समुदायले पठाएको पीसीआर किट सामाग्री बुधवार बिहान १० बजे काठमामाडौं पुगेको छ । यूएईबाट पठाएको स्वास्थ्य सामाग्री पीसीआर किट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले विमानस्थलमै पुगेर बुझ्नुभएको छ ।

नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समानरूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।

कोरोना विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न यूएईमा कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी पीसीआर किट किनेका हुन् ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech