नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
अस्पतालमा उपचारका क्रममा गुलरिया नगरपालिका-४ बर्दियाका ५९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले जनाएको छ ।
हिजो कोभिड संक्रमण पुष्टि भएपछि थप उपचारका लागि भेरीमा भर्ना हुनुभएका उहाँको आज दिउँसो साढे २ बजे मृत्यु भएको समितिका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
योसँगै उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३६४ जनाको मृत्यु भएको छ ।