२४ घण्टामा २२९९ जनामा कोभिड पुष्टि, ३४५१ जना निको भए

    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

काठमाडौं: शुक्रबार देशभर २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न पीसीआर प्रयोगशालामा ६ हजार ५६६ नमुना परीक्षण गर्दा १ हजार ३९१ जना र एन्टिजेन विधिबाट ४ हजार ३० नमुना परीक्षण गर्दा ९०८ जना गरि कुल २२९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट निको भएर ३ हजार ४५१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोभिड संक्रमण पुष्टि भएका मध्य ६ लाख ३ हजार ६०० जना संक्रमणबाट निको भएका छन् ।

संक्रमणकै कारण गएको २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म कोभिडकै कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार १७९ पुगेको छ ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech