नेपालगन्ज: बाँकेमा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३६ नमुना परीक्षण गर्दा ३७ जना संक्रमित थपिएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा ८८ नमुना परीक्षण गर्दा ३४ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १७ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु मध्य जिल्लाका ८ जना मात्र छन् । हालसम्म बाँकेमा ८४ हजार ३९७ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
आज ५ जना महिला र ३ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् । संक्रमणका कारण आज कसैको पनि मृत्यु भएको छैन ।