नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दावी गर्नुभएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अब भ्याक्सिनको समस्या नभएको भन्दै पर्सिदेखि चाहिने जति भ्याक्सिन आउने दावी गर्नुभएको हो।
भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उहाँको भनाइ थियो । केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उहाँले बताउनुभयो ।