नेपालमा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

नेपालगन्जः नेपालमा बिहीवार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ९०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेो छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १ सय ४९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३१ हजार ३६८ सक्रिय संक्रमित आइशोलेशन र ३४५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ वटा पिसिआर र १ लाख ९२ हजार ६६६ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech