आजदेखि आन्तरिक उडान सुरु, नेपालगन्जमा कति उडान ?

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

नेपालगन्जः नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि आजदेखि सञ्चालन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गर्दै बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि उनीहरुले उडान भर्नेछन् ।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडानको अनुमति दिइएको छ । त्यही अनुसार पहिलो चरणमा यी चारवटा वायुसेवाले नेपालगन्जका लागिमात्रै सात र धनगढीका लागि चारवटा उडान भर्ने छन् ।

यस्तै सुर्खेत र नेपालगन्ज विमानस्थलबाट साना जहाजले गर्ने पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति भने आजमात्रै टुंगो लाग्ने भनिएको छ ।

दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेको निगमले जनाएको छ । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने निगमको भनाइ छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पु¥याउन वा टिकट रद्ध गर्न सहजिकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरका साथ यात्रा गर्नु पर्ने छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने छन् । कम्पनीहरुले उडानमा शौचालय र खानपानमा रोक नै लगाएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech