काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।
बालुवाटारमा बुधावर बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट थल्लिएका खनाल मृगौलासँग सम्वन्धित समस्याबाट पनि पीडित हुनुहुन्छ ।