वीपी प्रतिष्‍ठानमा आन्दोलनः सरकारी समितिसँग मात्र वार्तामा बस्‍ने

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

नेपालगन्जः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारी सरकारले बनाएको समितिसँग मात्र वार्ता बस्‍ने भएका छन् ।

एक हप्ताको समय दिएर प्रतिष्ठानका चार पदाधिकारीका कार्यकक्षमा आन्दोलनरत पक्षले बुधबार बिहानै तालानबन्दी गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा गुरु खनाल र निर्देशक डा गौरी शंकर शाहको कोठामा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठानका पदाधिकारीसँग वार्तामा नबस्ने आन्दोलनरत चिकित्सक डा अमृत जैशीले बताउनुभयो। स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको पहलबाट बनेको समितिसँग मात्र वार्तामा बस्ने उहाँको भनाइ छ।

असक्षम सम्पूर्ण पदाधिकारीहरूको राजीनामा आउनुपर्ने जैशीको माग छ । असार २३ गते सम्म मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरू, कर्मचारीहरू, आवासीय चिकित्सकहरू, विद्यार्थीहरूबाट सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको कार्यालय घेर्न जाने उहाँले चेतावनी दिनुभयो ।

प्रतिष्ठानमा १६ दिनदेखि बढ्दो बेथितिविरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीले आन्दोलन गरिरहेका छन् । संघर्ष समितिसँग मंगलबार प्रतिष्ठानका पदाधिकारीले पहिलो चरणको वार्ता गरेका थिए । उपकुलपतिले मापसे गरी वार्तामा बसेकाले वार्ता भाँडिएको थियो ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech