नेपालगन्जः जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा आज सकिदै छ । स्थानीय प्रशासनले बैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा जारी गर्दै आएको छ ।
नेपालगन्जमा भने बैशाख ९ गतेबाटै निषेधाज्ञा कायम थियो । अहिले केही खुकुलो बनाइएको भएपनि सार्वजनिक सवारीसाधान चल्न दिइएको छैन् । यस्तै पसल व्यवसायपनि निश्चित समय तोकेर मात्रै खोल्न दिइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेधाज्ञा अझै केही दिन कायम रहने बताउनुभयो । उहाँले भिडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सेमिनार, गोष्ठि, भेला, र्याली, प्रदर्शनलगायतका क्षेत्रलाई प्रतिबन्ध लगाइने जानकारी दिनुभयो ।
प्रशासनले थप छलफल गरेर सूचना जारी गर्ने पनि उहाँले बताउनुभयो ।