नेपाललगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना भाइरस संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६५ वटा नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । आज बाँकेमा संक्रमित संख्या शून्य भएको छ । दोस्रो लहर सुरु भएपछि संक्रमित संख्या शुन्य भएको यो पहिलो पटक हो । यस्तै २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् ।