हुम्लामा निको हुने दर ८९ प्रतिशत

    • स्वास्थ्य पेज

  • १३ असार २०७८, आईतवार

हुम्लाः हिमाली जिल्ला हुम्लामा कोरोना निको हुने दरमा बृद्धि भएर ८९ प्रतिशत पुगेको छ। सबै गाउँपालिकामा कोरोना परीक्षणको दायरा घटेपछि संक्रमित संख्या न्यून आउने र निको हुने दरमा बृद्धि देखिएको हो। हालसम्म कोरोना संक्रमणबाट निको हुनेको दर ८९ प्रतिशत पुगेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले बताउनुभयो । परीक्षण कम भएका कारण संक्रमितको संख्यामा कमि आएको हुन सक्ने अनुमान स्थानीय बासिन्दाले गरेका छन्।

हालसम्म हुम्लामा ७२२ जनाको कोरोना परीक्षण गरिएकोमा २४७ जनामा संक्रमण देखिएको थियो। ती मध्ये २२० जना निको भएर घर फर्किएका फडेराले जानकारी दिनुभयो

अहिले नाम्खामा १० जना, खार्पुनाथमा एक जना, सर्केगार्डमा पाँच जना, चंखेलीमा तीन जना, अदानचुलीमा पाँच जना, जिल्ला अस्पतालमा एक जना गरी जम्मा २५ जना सक्रिय संक्रमित छन्।

सिमकोट र ताँजाकोट गाउँपालिका अहिले कोरोना संक्रमणमुक्त बनेको छ। हालसम्म सर्केगार्डमा एक र चंखेली गाउँपालिकामा एक गरी हुम्लामा दुई जना संक्रमितको मृत्यु भएको छ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech