आन्दोलनकारीले विपी प्रतिष्ठानका पदाधिकारीको गाडीको चाबी खोसे

    • स्वास्थ्य पेज

  • १३ असार २०७८, आईतवार

विराटनगरः सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतवार प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी थुतेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले पूर्णतः वेवास्ता गरेको भन्दै आन्दोलनकारीले उनीहरुको गाडीको चाबी थुतेका हुन् । अस्पताल निर्देशक प्राडा गौरीशंकर साह, रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्राडा गुरु खनालको गाडीको चाबी खोसिएको आन्दोलनकारी विद्यार्थी डा अमृत जैसीले जानकारी दिनुभयो ।

आन्दोलनकारीले प्रतिष्ठान परिसरमा शक्ति प्रदर्शन गर्दै पदाधिकारीहरुको जवाफदेहिताहीन कार्यशैलीको आलोचना पनि गरेका थिए । आजको प्रदर्शनमा प्रतिष्ठानका विभागीय प्रमुखहरु पनि सहभागी भएका थिए ।

प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरुद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ दिन भएको छ । आन्दोलनकारीहरुले सोमबारदेखि रिले अनशन थाल्ने घोषणा पनि गरेका छन् ।

प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech