नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय २ नमुना नमुना परीक्षण गरिएकोमा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल प्रयोगशालमा ५९ नमुना परीक्षण गर्दा ५ जना, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १० जना र बागेश्वरी ल्यावमा १८ वटा नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका ८ जना महिला र २ जना पुरुष गरि १० जना छन् ।
पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । यस्तै दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना जिल्ला बाहिरका हुन् । हालसम्म बाँकेमा ८२ हजार ७ सय ५१ पीसीआर परीक्षण भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।