चितवनःबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेस्रो दिन पनि विरोध कार्यक्रमले निरन्तरता पाएको छ। आज उनीहरुले प्रतिष्ठानदेखि भानुचोकसम्म र्याली निकालेका छन्।
बुधबार उनीहरुले वर्षाको समेत परवाह नगरी छाता ओढेर विरोध प्रदर्शन गरेका थिए। उनीहरुले प्रतिष्ठान परिसरमा र्याली पनि गरेका थिए।अनियमितताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
अनियमिताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
सयुक्त संघर्ष समितिले फ्याकल्टी वेलफेयरका अध्यक्षलाई सोधिएको स्पष्टीकरण विनाशर्त २४ घण्टाभित्र फिर्ता लिनुपर्ने र विना जायज कारण स्पष्टीकरण सोधिएकाले माफी समेत माग्नुपर्ने र राष्ट्रिय संचार माध्यम र जनसरोकार मार्फत यस प्रतिष्ठान बारेमा उठेका अनियमितता, भ्रष्ट्राचार लगायत वेथितिको बारेमा छानविन गर्न प्रशासन समेतको संलग्नतामा सबै पक्षको सहभागितामा उच्चस्तरीय शक्तिशाली समिति बनाउने र सो को सुझाव तत्काल लागु गरिनुपर्ने माग राख्दै विरोधमा उत्रेका छन्।