भारतमा फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट, नेपालमा कति जोखिम ?

    • स्वास्थ्य पेज

  • २ असार २०७८, बुधबार

नेपालगन्जः भारतमा कोरोना भाइरसको डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो ।

मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको पुष्टि गर्दै तर, अहिले नै चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको छ ।

डाक्टर पालले भन्नुभयो, ‘म्युटेसन एक जैविक तथ्य हो । हामी रोकथामको लागि आवश्यक सतर्कता पालना गर्नुपर्छ । हामीले यो रोगलाई फैलिने अवसर दिनुहुँदैन ।’

जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् । भारतमै यसको अनुसन्धान भइरहेकोले नेपालमा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech