काठमाडौंः वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयोे ।
उहाँको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको हो । डा रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो।
शिक्षण अस्पतालका अब्बल फिजिसियनका रावतको निधनले चिकित्सा क्षेत्रमा ठूलो क्षती पुगेको रिजालले बताउनुभयो ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उहाँ कुशल र इमान्दार चिकित्सक भएको बताउनुभयो।