काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४३८ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६९ जना गरि कुल २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणबाट निको भएर गएको २४ घण्टामा ५ हजार १४७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म देशभर कोभिड संक्रमण मुक्त हुनेहरुको कुल संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।
कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । हालसम्म कोभिड संक्रमणका कारण देशभर ८ हजार ४६५ जनाको मृत्यु भईसकेको छ ।