बाँकेका प्रयोगशालामा सोमबार ४८ जनामा कोभिड पुष्टी, जिल्लाका ९ जना मात्रै

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज : बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोभिड पुष्टि भएको छ । कुल १४८ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा ३९ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १६ नमुना परीक्षण गर्दा ५ जना गरि कुल ४८ संक्रमित थपिएका हुन।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका ९ जना छन् । जिल्लाका ४ जना महिला र ५ जना पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८२ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई १४ जना डिस्चार्ज भएका छन् । ८ जना महिला र ६ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा मृत्यु संख्या १ रहेको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech