भारतमा निजी अस्पतालहरुले तोकिएको शुल्क लिएर कोरोनाविरुद्धको खोप लगाउन पाउने

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७८, बुधबार

नयाँ दिल्ली: भारतमा निजी अस्पतालहरुले तोकिएको शुल्क लिएर कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई उक्त अनुमति दिएपछि अब उनिहरुले तोकिएको शुल्क लिएर खोप लगाउन पाउनेछन् । भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ।

कोभ्याक्सिनको १ हजार ४१० र स्पुतनिक भ्याक्सिनको १ हजार १४५ भारतीय रुपैयाँ तोकिएको छ । यस्तै कोभिशिल्ड खोपको भने ७ सय ८० भारतीय रुपैयाँ लिन पाउने बताईएको छ ।

भारतमा अहिले कोरोना संक्रमण दरसँगै मृत्युदरमा पनि कमी आईरहेको छ। सरकारले निजी अस्पतालहरुलाई पनि खोप लगाउन पाउने अनुमति दिएपछि अब भारतमा खोप अभियान तिब्र हुने विश्वास गरिएको छ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech