नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका-१३ दाङका ४८ वर्षीय पुरुष र बारबर्दिया-३ बर्दियाका ३३ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१९ जना र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।